काठमाडौं । नेकपा एमालेले केन्द्रीय अर्थ तथा योजना विभागमा दीपकप्रकाश भट्टलाई मनोयन गरेको छ । शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको १६ औँ बैठकले भट्टलाई अर्थ विभागमा मनोनयन गर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरूङले पार्टी केन्द्रीय सदस्य दुर्गा प्रसाई हटाउने निर्णयसमेत गरिएको जानकारी दिए । पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न भएको भन्दै केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो ।
पछिल्लो समय उनी नागरिक बचाउ महाअभियानमा लागेका थिए । उनले गत फागुन १ गते काँकडभित्तामा पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई राखेर कार्यक्रम गरेका थिए । उक्त अभियानको उद्घाटन ज्ञानेन्द्र शाहले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया