काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचन अगाडि सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको हो ।
राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले आफ्नो पक्षमा बहुमत जुटाउन नेपाली कांग्रेसबाहेक सबै दलसँग संवाद गर्ने जनाएको छ ।
बैठकपछि एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘पुस १० गतेकै सहमति अनुसार हाम्रो पार्टीको तर्फबाट उम्मेदवारी दिएर अगाडि बढ्छौँ । कांग्रेसको आफ्नै उम्मेदवार भएकाले कांग्रेसबाट हामीलाई सहयोगको आश भएन, बाँकी सबै दलहरूसँग राष्ट्रपतिको निर्वाचनसम्म हामी छलफल र संवाद गर्छौँ । सहकार्यको वातावरण बनाउँछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया