एमाले सचिवालय बैठक शुरु

लोकपथ
52
Shares

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक शुरु भएको एमाले कार्यालय सचिव डा.भीष्म अधिकारी जानकारी दिए ।

उनका अनुसार बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ । राष्ट्रपति पदका लागि उम्मेदवारी दिने या नदिने भन्ने विषयमा बैठकले ठोस निर्णय दिने बताइएको छ ।

यस्तै सरकारमा रहने या नरहने भन्नेबारे पनि निर्णय लिने बताइएको छ । शुक्रबार वर्तमान सत्ता गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाउन सघाएपनि एमाले आक्रोशित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?