हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्रीले ५ महिनाको भ्रमण भत्ता वापत एक लाख ४३ हजार २ सय रुपैयाँ लिएका छन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले ५ महिनाको अवधिमा राजधानी हेटौँडा बाहिर जाँदा यती धेरै भ्रमण भत्ता वापत रकम लिएका हुन् । यती छोटो समयमै आफ्नो सरकारको सबैभन्दा धेरै रकम लिने मन्त्री हुन् पौडेल ।
चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिरसम्म उनले एक लाख ४३ हजार २ सय रुपैयाँ अनुगमन तथा मूल्याङ्कन शिर्षकमा भ्रमण भत्ता लिएका थिए ।
त्यस्तै मुख्यमन्त्री पौडेलपछि सामाजिक विकास मन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले सबैभन्दा बढी भ्रमण भत्ता लिएका छन् ।
विकास मन्त्री दुलालले भ्रमण भत्ता ८५ हजार ६ सय २० रुपैयाँ र कानून मन्त्री जमरकट्टेले ५७ हजार पाँचसय रुपैयाँ बुझेका छन् ।
यसैगरी मुख्यमन्त्री कार्यालयका अनुसार भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले ४५ हजार, उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले ५० हजार रुपैयाँ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले ३७ हजार ३ सय ७५ रुपैयाँ बुझेको तथ्याङ्कमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया