मुलुकलाई अस्थिरतातिर धकेल्ने निर्णय भयो : उपमहासचिव ज्ञवाली

लोकपथ
195
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले नयाँ बनेको गठबन्धनले देश थप अस्थिरतातर्फ धकेलिएको बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन बदलेर मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने काम गरेको नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले) सँगको पूर्वसहमति तोडेर नेपाली कांग्रेसलाई राष्ट्रपति दिने निर्णयले प्रचण्डप्रतिको विश्वसनीयतामाथि प्रश्न उठेको उनले बताएका हुन् । राजनीति भनेको भागबण्डा मात्रै हो, र त्यसका लागि जे पनि हुन्छ भन्ने कुरालाई बल पुगेको र यसले राजनीतिमा बितृष्णा जगाउन मद्दत पुग्ने उनको तर्क छ ।

उनले भने, ‘अहिले गठबन्धन बदल्ने कुराले हामी आफ्नो निर्णय गर्न सक्ने शक्ति सामथ्र्यमाथि प्रश्न उठेको छ ।’ सरकारको नेतृत्व गरिररहेको माओवादी केन्द्रले गठबन्धन बदलेपछि विकसित परिस्थितिबारे भोलि बस्ने सचिवालय बैठकबाट निर्णय हुने उपमहासचिव ज्ञवालीले बताए ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोसपा, जनमत नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको छलफलमा राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?