राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने ८ दलको सहमति

लोकपथ
168
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) सहितको वालुवाटारमा बसेको बैठकले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

शुक्रबार साँझ बसेको बैठकमा ८ वटै दलहरुबीचको बैठकले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रधानमन्त्री निवास वालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टी सम्मिलित बैठकले सो निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्याएको प्रस्तावमा बैठकमा उपस्थित आठै दलले समर्थन जनाएका हुन् । बैठकपछि कांग्रेस महामन्त्री शर्माले भने, ‘रास्ट्रपति पदमा नेपाली कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय भएको छ ।’ बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद्को सबैभन्दा ठूलो दललाई राष्ट्रपति बनाउन उचित हुने प्रस्ताव ल्याएका थिए । आठवटै दलले उक्त प्रस्तावमा समर्थन जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?