पाँचथरमा आगलागीबाट दुई जना बालकको मृत्यु

लोकपथ
26
Shares

पाँचथर । पाँचथर जिल्लाको हिलियाङ–७ मा आगलागीमा परेर दुई जना बालकको मृत्यु भएको छ । आगलागीमा परेर मृत्यु हुनेमा ५ वर्षीय बालक सेसेयाङ सन्दक र ४ वर्षीय निशान खाती रहेका छन् ।

हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्थाकको घरमा शुक्रबार दिँउसो साढे ४ बजे भएको आगलागीमा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु भएका खाती सोही घरमा बस्दै आएका थिए ।

छिमेकी शरण पन्थाकका छोरा सेसेहाङ उनीसँग खेल्ने क्रममा आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

आगोले घर जलेर पूर्ण रुपमा क्षति भएको छ । घटनाबारे जानकारी पाएलगत्तै पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरे र प्रहरी नायव उपरीक्षक हरि खतिवडा घटनास्थल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?