काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ ओली र नेपालबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा छलफल भएको थियो । छलफलमा ओलीले नेपाललाई राष्ट्रपतिकाे उम्मेदवार बन्नका लागि प्रस्ताव गरेको स्रोतले बतायो । ओली र नेपालबीच गत आइतबार पनि भेटघाट भएको थियो । आजको भेटपछि नेपाल चार दलिय बैठकमा सहभागि भएका छन् ।
यतिबेला राष्ट्रपतिको चुनावका लागि सहमति कायम गर्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीसहित चारदलको बैठक बालुवाटारमा जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया