गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

लोकपथ
49
Shares

काठमाडौं । गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित भएको छ ।

आजको बैठकमा अनुगमन तथा मूल्यांकन विद्येयक पेश भएको थियो । उक्त विद्येयकमा छलफल भए पनि गणपूरक संख्या नगपुगेपछि उक्त विद्येयकका विषयमा कुनै पनि निर्णय भने हुन सकेन ।

सभामुखले उक्त विद्येयकका विषयमा निर्णायार्थ प्रस्तुत गरे पनि गणपूरक संख्या नपुगेपछि बैठक नै स्थगित गरिएको थियो ।

कुनै पनि विद्येयक पास हुनका लागि ६९ सांसद अनिवार्य उपस्थित हुनुपर्नेमा ५० जना मात्रै रहेकोले उक्त विद्येयकका विषयमा कुनै निर्णय हुन सकेन् ।

त्यस्तै गणपूरक संख्य नपुगेपछि अन्य कारबाही समेत अघि बढाउन नसकिएको सभामुख देवराज घिमिरेले बताएको साथै बैठक स्थगित गरिएको सूचना दिएका थिए ।

अर्को बैठक आगामी फागुन १५ गते शुक्रबार बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?