सकियो प्रधानमन्त्री प्रचण्ड–ओली संवाद, कांग्रेसको टोली पुग्यो बालुवाटार

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरी निस्किएका छन् ।

राष्ट्रपति निर्वाचनको विषयमा वान टू वान वार्ताका लागि ओली बालुवाटार पुगेका थिए । भेटघाटमा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । करिब साढे २ घण्टाको बैठक सकिएर ओली निस्किएसँगै नेपाली कांग्रेसका नेताहरु बालुवाटार पुगेका छन् ।

राष्ट्रपति निर्वाचनको विषयमा निर्णायक वार्ताका लागि नेताहरु बालुवाटार पुगेका हुन् ।

यसअघि बिहान नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीच छलफल भएको थियो । तर पूर्ण निर्णय नआएका कारण पुनः साँझ ५ बजेका लागि बैठक बोलाइएको थियो ।

अब बस्ने बैठकले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार टुंग्याउने निर्णय गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?