सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवा सुचारु राख्ने सरकारको निर्णय

लोकपथ
28
Shares

काठमाडौं । सरकारले सार्वजनिक बिदाको दिन पनि अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदामा पनि अत्यावश्यकीय सेवा सुचारु गर्ने र कर्मचारीलाई सट्टा बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै कुनकुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सन्दर्भमा भने मन्त्रिपरिषद्को प्रशासनीक समितिले सुतिकृत गर्नेछ ।

त्यस्तै बिहीबार बसेको मन्त्रिपरिषद्ले अन्य निर्णयहरु समेत गरेको छ।

यी हुन् अन्य निर्णय

सार्वजनिक बिदामा अत्यावश्यकीय सेवा प्रवाह सुचारु गर्ने । कर्मचारीलाई सट्टा बिदा दिने । कुन कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्ने ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ सम्बन्धी विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।

नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमाजेमि तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८ ०७९ को बार्षिक प्रतिवेदनलाई स्वीकृत गरी सम्मानीय राष्टपतिसमक्ष पेश गर्ने ।

विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुुमा गर्न सैद्धान्तिक सहमति दिने ।

चालु आर्थिक वर्ष २०७९–०८० को लागि गहुँचको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३३५१ निर्धारण गर्ने ।

२०७९–११–र१७ गते दक्षिण सुडानमा हुने फम्र्ड पुलिस यूनिटको मेडल परेड कार्यक्रम सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सहभागी हुन स्वीकृति दिने ।

२०७९ फागुन २९ देखि चैत ३ गतेसम्म बेलायतमा हुने स्कुल लिडरसीप स्टडी भिजिटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव ९शिक्षा० श्री रामकृष्ण सुवेदीलाई भाग लिन स्वीकृति दिने ।

संघीय संसद सचिवालयमा दर्ता भइ हाल राष्टिय सभामा विचाराधीन रहेको प्रतिलिपी अधिकार ९पहिलो संशोधन० विधेयक २०७६ फिर्ता लिन स्वीकृति दिने ।
राष्टिय तथ्यांक कार्यालयको संगठन संरचना र दरवन्दी तेरिज स्वीकृत प्रदान गर्ने ।

नेपाल दूर सञ्चार प्राधिकरणमा कानुन सदस्यको पदमा सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?