काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ ।
आज बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले लोकपथलाई जानकारी दिए ।
‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय भएको छ ।’ श्रेष्ठले भने ।
त्यस्तै निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेका उनले बताए । राष्ट्रपति निर्वाचनसहित अन्य विषयमा छलफलका लागि अहिले पनि बैठक जारी रहेको छ ।
‘राष्ट्रपति निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा अहिले छलफल जारी रहेको छ ।’ श्रेष्ठले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया