काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पासपोर्ट लिनका लागि सर्वसाधारणले पाइरहेको सास्ती अन्त्य गर्न माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिको बैठकको विशेष समयमा बोल्दै सांसद खतिवडाले पासपोर्ट लिनका लागि सर्वसाधारणले पाइरहेको सास्ती अन्त्य गर्न सरकारले काम गर्न नसकेको भन्दै आपत्ति जनाए ।
नेपाली पासपोर्ट निर्माणका लागि थोरै खर्च लागे पनि सर्वसाधारणका लागि धेरै पैसा लिने गरेको भन्दै त्यसको अन्त्य गर्न माग गरे ।
सर्वसाधारणले पासपोर्ट लिँदा ५ हजार लाग्ने तर रातो पासपोर्ट लिनेले एक रुपैयाँ पनि तिनु नपर्ने भन्दै आक्रोश व्यक्त गरे । आफू स्वंयले रातो पासपोर्ट नलिएको र आफूले त्यस्तो पासपोर्ट लिँदा पैसा तिर्ने व्यवस्था गर्न माग गरे ।
‘रातो पासपोर्ट लिनेका लागि पनि पैसा लिने व्यवस्था गर्नुपर्यो ।’ उनले भने ।
त्यस्तै सरकारी कर्मचारीले लिने निलो पासपोर्टका लागि पनि पैसा लिने व्यवस्था गर्न उनको माग छ ।
‘सरकारी कर्मचारीले आम्दानी गर्छ तर उसले लिने निलो पासपोर्टका लागि पनि पैसा लिने व्यवस्था गर्नुपर्यो ।’ खतिवडाले भने ।
वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री र गृहमन्त्री राहदानी विभागमा पुगेर समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे पनि अहिले सो कुरा हराएर गएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया