प्रचण्डसँग निर्णायक वार्ता गर्न वालुवाटार पुगे ओली

लोकपथ
70
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच वालुवाटारमा निर्णायक वार्ता शुरु भएको छ । शुक्रबार बिहान चार दलबीच पुरानो गठबन्धन ब्युँताउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

चार दलबीच राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक सहमति जुटाउन बेलुकी ५ बजे थप छलफल गर्ने गरी समझदारी  भएकाे थियो ।

एमालेले मंसिर १० गते सहमति अनुसार आफ्नो पार्टीले नै राष्ट्रपति पाउनुपर्ने भनिरहेको छ भने माओवादीले सहमतिका आधारमा राष्ट्रपति हुनुपर्ने भनिरहेको छ । यही कारण दुई दलबीच दुरी बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?