उपराष्ट्रपतिमा जसपाको सम्भावना बलियो

लोकपथ
52
Shares

काठमाडौं । राष्ट्रपतिको उम्मेदवार चयनमा साझा सहमति जुटाउन बसेको चार दलको बैठकमा उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दिने विषयमा कुरा उठेको छ ।

शुक्रबार बिहान वालुवाटारमा बसेको कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरू सम्मिलित बैठकमा पुरानै गठबन्धन ब्युँताउने गरी छलफल भएको थियो । बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिसँगै अन्य राजनीतिक शक्ति बाँडफाँडका विकल्पमाथि छलफल भएको थियो ।

प्रमुख चार राजनीतिक दलले बैठकपछि पार्टीमा आन्तरिक छलफल गरी टुंगो लगाउने सहमति भएको छ । आज बेलुकी ५ बजे थप छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रपतिको उम्मेदवार चयनका बारेमा विभिन्न विकल्पमाथि छलफल भएको थियो ।

बैठकमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रपति आफूले पाउनुपर्ने प्रस्ताव राखेका थिए । कांग्रेस र माओवादीबीच एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पावर सेयरिङमा कसरी मिलाएर जाने भन्नेबारे पनि छलफल भएको थियो ।

राष्ट्रपति र उपपराष्ट्रपतिबारे चार दल करीब सहमति नजिक पुगेका छन् । जनता समाजवादी पार्टी (जसपा) ले उपराष्ट्रपति पाउने लगभग सहमतिको नजिक पुगेको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेदेखि जसपाले उपराष्ट्रपतिका लागि बार्गेनिङ गर्दै आइरहेको थियो । उपराष्ट्रपतिमा सहमति नभएको कारण जसपा सरकारमा पनि सहभागी भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?