नेकपाको सबै बैठक ‘लाइभ’ हुनुपर्छ : महासचिव पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टीका सबै प्रकारका बैठक प्रत्यक्ष प्रशारण गर्नुपर्ने बताएका छन् । 

स्थायी समिति बैठकमा लीलामणि पोखरेलले पार्टीको सबै बैठकको प्रत्यक्ष प्रसारण गर्नुपर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई महासचिव पौडेलले समर्थन गरेका हुन् । 

पौडेलले बैठकमा राखेको लिखित धारणामा ‘बैठकमा भएका छलफल र निर्णयहरू तोडमोड गरेर सार्वजनिक गरिएका छन् बैठकका सूचनाहरू तोडमोड गरेर मिडियामा लगिएको छ’ उल्लेख छ ।

‘बैठकमा भएको छलफल र निर्णयका सम्बन्धमा अनुचित र अनाधिकृत रूपमा गलत समाचार सम्प्रेषण गर्ने अवस्थालाई रोक्नु पर्छ । यसका लागि हामीले केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयको बैठक कक्षमा पत्रकारहरुलाई प्रवेश अनुमति दिने निर्णय गर्नुपर्छ’ महासचिव पौडेलले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?