पुरानो गठबन्धनलाई सीके र महन्थको पनि साथ !

लोकपथ
119
Shares

काठमाडौं । तत्कालिन नेपाली कांग्रेस माओवादीसहितको गठबन्धनमा लोकतान्त्रिक समाजवादी र जनमत पार्टीलाई पनि सहभागी गराइने भएको छ ।

आज साँझ ५ बजे बस्ने बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई समेत सहभागि गराउन लागिएको हो ।

आफूहरु पुरानै गठबन्धनमा सहभागि हुने कुरा स्वभाविक रहेको लोसपाका नेता अनिल झाले जानकारी दिए ।

यसअघि पनि आफूहरु ५ दलीय गठबन्धनबाट चुनावमा गएको र त्यसपछि पनि आफुहरु कतै नगएको भन्दै पूरानै गठबन्धन ब्यूँताउने विषय स्वभाविक रहेको उनले बताए ।

गठबन्धनमा लोसपाको सहभागिता बारे झाले भने, ‘हामी त त्यही पाँच दलको गठबन्धनबाट चुनावमा गएको हो । अहिले अन्यत्र कतै गएका पनि छैनौं । अब पुरानै गठबन्धन ब्युताउँदा हाम्रो सहभागिता स्वाभाविक रुपमा हुने नै भयो नि होइन र ?’

राष्ट्रपतिको निर्वाचनका विषयमा आज बालुवाटारमा तत्कालिन गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको बैठक बसेकोे थियो । छलफल सकारात्मक भएपनि अन्तिम निर्णय गर्न साँझ ५ बजेका लागि पुनः बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?