संघीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका : मन्त्री मोदी

लोकपथ
26
Shares
sf7df8f}F, !@ kmfu’g . ;+3Lo dfldnf tyf ;fdfGo k|zf;gdGqL cdnnfn df]bL g]kfn cflbjf;L hghflt kqsf/ dxf;+3 -kmf]lgh_åf/f z’qmaf/ cfof]lht sfo{qmddf ;Ddfg tyf k’/:sf/ ljt/0f sfo{qmddf z’esfdgf dGtJo JoQm ug'{x’Fb} . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को ‘युके पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, ‘लोकतन्त्र र प्रजातन्त्रका लागि राजनीतिक आन्दोलनमा पत्रकारको ठूलो भूमिका थियो । अब देशको सुशासन र संघीयताको कार्यान्वयनका लागि पनि आम सञ्चारमाध्यमको भूमिका उत्तिकै महत्वपूर्ण छ ।’

उनले जनजाति समुदायका सवाल र मुद्दा विषय उठान गर्न पत्रकारबीच एकता कायम गर्न फोनिजलाई सुझाव दिए । ‘आदिवासी जनजाति राज्य सञ्चालन र सिकाइका कुरामा अझै पछि छौँ । हाम्रा भाषाशैली फरक हुनसक्छ तर मूल उद्देश्य समाजको विकास नै हो ।

तपाईहरुको सुझाव र सहकार्यबाट नै यो उद्देश्य हासिल गर्न सम्भव छ’, उनले भने । उनले त्यसका लागि सम्बन्धित मन्त्रालयसँगको समन्वयमा फोनिजलाई सहयोग गर्ने आश्वासनसमेत दिए । फोनिजका अध्यक्ष गजुरधन राईले जाति र समुदाय विशेष पत्रकारलाई मात्र नर्भर समुदायको हकहितका लागि लेख्ने सबै पत्रकारलाई सम्मान गरिँदै आएको बताए ।

उनले भने, ‘यो पुरस्कारले जनजातिका विषयमा कलम चलाएकालाई प्रोत्साहन गर्नेछ । पुरस्कारका लागि पत्रकार यही समुदायको हुनुपर्छ भन्ने होइन, उनको योगदानको कदर हुने हो ।’ कार्यक्रममा पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति समुदायको उत्थान, समाज र राष्ट्रका निम्ति योगदान पु¥याएको जनाउँदै दुई पत्रकारलाई सम्मान र पुरस्कृत गरिएको थियो ।

‘फोनिज युके पत्रकारिता पुरस्कार २०२२’ बाट रेडियो नेपालमा तामाङ भाषाकी समाचारजाचिका रमिता लामा र नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठलाई नगद रु २५ हजारसहित सम्मान गरिएको थियो । फोनिजले अहिलेसम्म दश पत्रकारलाई पुरस्कृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?