काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युट्युब च्यानल सञ्चालनमा ल्याएका छन्। अध्यक्ष ओलीले आफ्नो ७१ औँ जन्मदिनको अवसरमा ‘केपी बा’ नामक युट्युब च्यानल शुरु गरेका हुन्।
ओलीले आफ्ना अनुभवहरु जनता समक्ष पुर्याउन युट्युब च्यानल सञ्चालनमा ल्याइएको ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए ।
उनको युट्युब च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेटको भिडिओ अपलोड भएको छ । यो समाचार तयार पार्दासम्म ‘ओली बा’ युट्युब च्यानललाई १ हजार २५ जनाले सस्क्राइब गरेका छन् भने उनले २२ घण्टा अगाडी अपलोड गरेका भिडियोलाई ७ हजार २ सय जनाले हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया