राष्ट्र बैंकले ५० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने

लोकपथ
39
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १४ गतेबाट ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार उक्त दिनबाट पाँच वर्षे अवधिको बैदेशिक रोजगार बचतपत्र ‘२०८४’ क (५ वर्षे) बिक्री गर्न लागिएको हो ।

राष्ट्र बैंकका अनुसार बचतपत्रको बिक्री खुल्ला हुने अवधि यही फागुन १४ गते देखि २०७९ चैत्र तीन गतेसम्म तोकिएको छ । निष्काशन मिति २०७९ चैत्र १० गते तोकिएको बचतपत्रको साँवा भुक्तानी अवधि भने २०८४ चैत्र १० गते तोकिएको छ ।

वार्षिक १२ दशमलव ५० प्रतिसत व्याजदर तोकिएको र व्याजकर लाग्ने बचतपत्रको व्याज भुक्तानी भने अर्धवार्षिकरुपमा हुुने राष्ट्र बैंकले जानकारी दिएको छ । यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यहरु अर्थात् बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार बचतपत्रको खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको छ । खरिद गरिएको बचतपत्र धितो राखेर कुुनै पनि बैंक तथा बित्तीय संस्थाबाट कर्जा समेत लिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बचतपत्र खरिदका लागि सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, प्रभुु बैंक, सनराईज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट प्रालि सिटी एक्सप्रेस मनी ट्रान्सफर प्राली, आईएमई लिमिटेड, एनएमबी बैंक लिमिटेड, ग्लोवल आईएमई बैंक, नेपाल बैंक र इसेवा मनी ट्रान्सफर सहितका १५ वटा वटा बिक्री एजेन्टहरु नियुक्त गरिएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?