१४ मङ्सिर २०८०, बिहीवार

लहानलाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाइने

२०७४,कार्तिक,६,सोमवार ०५:१९

0
Shares

 लहान, ६ कात्तिक ।सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित प्रमुख मुनि साह र उपप्रमुख सरियार चौधरीले लहान नगरपालिकालाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।सिरहाको लहानमा आइतबार समग्र जनउत्थान केन्द्रको संयोजनमा हातेमालो अन्तर धार्मिक समिति लहानद्वारा आयोजित शुभकामना आदानप्रदान तथा नवनिर्वाचित पदाधिकारीको स्वागत तथा सम्मान कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।लहान नगरपालिकालाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउनका लागि नगरपालिकाको आगामी बैठकबाट ठोस निर्णय गरी आगडि बढ्ने बताउदै नगरप्रमुख साहले लहान नगरपाकिकाको कुनै पनि काममा अनाधिकृतरुपमा सेवाग्राहीमार्फत कसैले रकम लिएको पाइए तत्कालै कारबाही गरिने बताए ।नगरपालिकाकी उपप्रमुख चौधरीले सबै पक्षसँग सहकार्य गरी लहान नगरलाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा आयोजक समितिका संयोजक सुशीलचन्द्र अधिकारीले नवनिर्वाचित लहान नगरपालिकाका प्रमुख साह, उपप्रमुख चौधरीलगायत सम्पूर्ण वडा अध्यक्षलाई दोसल्ला ओढाइ सम्मान गरे ।ट्राफिक प्रहरीद्वारा तीन दिनमा ३७१ सवारीसाधनमाथि कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले विगत तीन दिनको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ३५० भन्दाबढी सवारीसाधनमाथि कारबाही गरेको छ ।दीपावली, गोवद्र्धन पूजा र तिहारको दिन गरी तीन दिनको अवधिमा ३७१ सवारीसाधनमाथि कारबाही गरी रु दुई लाख पाँच हजार जरिवाना संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख एवं प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिए ।पूर्व–पश्चिम राजमार्ग तथा जिल्लाको भित्री सडकमा गरिएको सवारी जाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने २२३ मोटरसाइकल तथा १४८ वटा चारपांग्रे सवारीसाधनमाथि कारबाही गरिएको प्रमुख चुँडालले बताए ।चाडपर्वका बेला तीव्ररुपमा ट्राफिक नियम उल्लंघन हुने गरेकाले प्रहरीले सवारी जाँचलाई तीव्र पारेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार ०५:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८