हिमालयन र सिभिल बैंकद्धारा एकीकृत कारोबार सञ्चालन

लोकपथ
39
Shares

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले एकीकृत कारोबार सञ्चालन गरेका छन् । शुक्रबारबाट हिमालयन बैंक लिमिटेडकै नाउँबाट एकीकृत कारोबार सञ्चालन गरेको हो ।

एकीकृत कारोबार पश्चात हिमालयन बैंकको जारी तथा चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैंयाँ पुगेको छ । अधिकृत पुँजी २६ अर्ब रुपैयाँ पुगेको बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल निक्षेप दुई खर्ब ७४ अर्ब रुपैयाँ पुगेको बैंकको कुल कर्जा रकम दुई खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।

एकीकृत कारोबार पश्चात बैंकको कुल सम्पत्ति भने तीन खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल शाखा संख्या एक सय ८९ वटा पुगेको बैंकको कुल एटिएम काउन्टरको संख्या दुई सय ६३ वटा पुगेको छ । कुल कर्मचारी संख्या १९ सय ७० भन्दा बढी पुगेको बैंकको एक्सटेन्सन काउन्टरको सख्या भने २० पुगेको छ ।

शसक्त बैंकिङ वित्तीय सुदृढता भन्ने मुल नारासहित बैंकले एकीकृत कारोबार शुरु गरेको हो । एकीकृत कारोबारको लागि हिमालयनको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता सेयर हुने गरी स्वाप रेसियो कायम भएको थियो । एकीकृत कारोबार पश्चात बनेको हिमालयन बैंकको अध्यक्ष पदमा प्रचण्ड बहादुर श्रेष्ठ रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतकोरुपमा अशोकशमसेर जबरा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?