बालुवाटारमा निर्णायक वार्ता जारी

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेससहित तत्कालिन गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।

केहीबेरअघि बालुवाटारमा कांग्रेस, माओवादीसहित अन्य दलका नेताहरु पुगेका छन् ।

कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित अन्य पदाधिकारीको सहभागिता रहेको छ । भने माओवादीबाट प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागि रहेका छन् ।

आजको बैठकमा निर्णायक वार्ता हुने बताइएको छ ।

यसअघि बिहीबार प्रधानमन्त्रीसँग एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवले भेटघाट गरेका थिए ।

शनिबार (भोलि) राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ । सो सन्दर्भमा पूर्ववर्ती गठबन्धनलाई ब्यूताउने खेलमा तत्कालिन गठबन्धन लागेको छ । यता माओवादीले साथ नदिने भएसँगै एमाले पनि कसरी अघि बढ्ने भन्ने विषयमा छलफलमा जुटेको छ ।

यसअघि बिहीबार एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउनेबारे समेत छलफल भएको थियो । त्यसो त प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने बताएसँगै अफ्ठ्यारोमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई अघि सारेका थिए ।

यता कांग्रेसबाट समेत राष्ट्रपतिका लागि केही व्यक्तिको नाम अघि आएको छ । बिहीबारको बैठक र आज सहमति भएमा माधव नेपाल राष्ट्रपति बन्न सक्ने समेत स्रोतको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?