ओली सरकार पूर्णरुपमा असफल : प्रवक्ता प्रकाण्ड

रुपन्देही । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असफल भएको बताएका छन् । 

सोमवार बुटवलमा क्रान्तीकारी पत्रकार संगठन केन्द्रीय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले आफ्नै पार्टीका नेताहरुलाई मिलाउन असफल भएको ओली नेतृत्वको सरकार अब ७ महिना पनि टिक्न नसक्ने बताएका हुन् । 

साथै उनले देशलाई समृद्धिको बाटोमा लैजान ओली र प्रचण्ड असफल भएको बताए । 

त्यस्तै फरक प्रसंगमा उनले कांग्रेस नेतृत्वको सरकार हुँदा करोडको भ्रष्टाचार गरेको थियो । तर, ओली नेतृत्वको सरकारले अरबको भ्रष्टाचार गरिरहेको छ । 

यसैगरी उनले सरकारले आफ्नो पार्टीलाई औपचारिकरुपमा वार्ताका लागि आह्वान नगरेको बताएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?