डीआईजी सिंहको राजीनामा स्वीकृत

लोकपथ
14
Shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज स्वीकृत भएको छ ।

गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनको राजीनामा स्वीकृत गरेको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए । राजीनामा स्वीकृत भएसँगै आजै गृह मन्त्रालयले स्वीकृत भएको पत्र प्रहरी प्रधान कार्यालमा पठाइसकेको छ ।

सिंहले बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजीनामा बुझाएका थिए । राजीनामा दिनुअघि सिंह सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत थिए । जन्ममिति फरक परेको विषय सार्वजनिक भएपछि उहाँले पदबाट राजीनामा दिएका हुन् ।

उक्त विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । नेपाल प्रहरीले पनि उनको जन्ममितिका बारेमा आन्तरिक छानबिन गरिरहेको थियो । उनले राजीनामापत्रमा घरायसी कारण उल्लेख गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?