काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन माओवादी केन्द्र तयार रहेको दाबी गरेका छन् ।
बिहीबार माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटघाटपछि सो कुरा बताएका हुन् ।
दिउँसो सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटघाटमा सो विषयमा छलफल भएको जानकारी दिए ।
पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘जसपालाई उपराष्ट्रपति दिने कुरामा उहाँहरु सकारात्मक हुुनुहुन्छ ।’
त्यसैगरी आजै कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीसहितको दलको बैठक बस्ने समेत उनले जानकारी दिए ।
राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दर्ताको मिति नजिकिएसँगै दलहरु छलफलमा जुटेका छन् । कांग्रेस र एकीकृत समाजवादी लगायतका दल पूरानै गठबन्धन ब्यूत्याउने तयारीमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया