च्याटजीपीटीको बढ्दो चर्चा, मानिसको क्रियटिभिटी मार्ने डर !

लोकपथ
182
Shares

काठमाडाैं । इन्टरनेटका दुनियाँमा नोभेम्बर ३० मा लन्च भएको च्याटजीपीटीको चर्चा दिन दुई गुणा रात चौगुणा जसरी बढीरहेको छ । सुरु भएको केही सातामै च्याटजीपीटीले १० करोड भन्दा बढी प्रयोगकर्ताले च्याटजीपीटीको प्रयोग गरिरहेका छन् । मानिसहरूले लेखेर सोध्ने प्रश्नको उत्तर दिने प्राकृतिक शैली, भाषण, कोडहरू, गीत र निबन्धहरू तयार गरिदिने क्षमताका कारण यसले प्रयोगकर्ताहरूलाई मोहित बनाएको छ ।

यो च्याटजीपीटीलाई ओपनएआईले विकास गरेको हो । च्याटजीपीटी एक कम्प्युटर प्रोग्राम हो जसले प्रयोगकर्तालाई थुप्रै प्रश्नहरूको लिखित र सही जवाफ दिन्छ । यो च्याटबोटले तपाईंको व्यक्तिगत समस्याहरूमा पनि सल्लाह दिन सक्छ । च्याटजीपीटीले तपाईंका सबै प्रश्नहरूको जवाफ सेकेन्डभित्र दिन्छ । च्याटजीपीटी लगभग १०० भाषाहरूमा उपलब्ध छ तर सहजताको हिसाबले यसको अंग्रेजी भर्जन सबैभन्दा बढी उपयोगी मानिएको छ ।

च्याटजीपीटीले प्रयोगकर्ताले सोधेको प्रश्नको उत्तर मात्रै दिँदैन् यसले भनेको पनि मान्छ । च्याटजीपीटी प्रयोगकर्तालाई कन्टेन्ट सिर्जना पनि गरिदिन्छ । जस्तै, तपाईंले च्याटजीपीटीलाई काठमाडौंको बारेमा कविता लेख्न लगाउनुभयो भनेपनि यसले छिनभरमै कविता तयार पारिदिन्छ । यो तस्बिरमा हेर्नुहोस् :

उदाहरणका लागि, प्रयोगकर्तालाई एकदमै गार्हो तर स्वादिष्ट परिकारको कसरी बन्छ ? भन्ने बारेमा जानकारी चाहिएको खण्डमा यसले मद्धत गर्छ । यत्तिमात्रै होइन प्रयोगकर्ताले सोही परिकारलाई फरक ढंगबाट बनाउन खोजे पनि यसले सबै जानकारी उपलब्ध गराउँछ । यतिमात्र होइन, च्याट जिपिटीले जागिर खोज्न मद्दत गर्नेदेखि, कविता, शैक्षिक कागज र पत्रहरू लेख्न पनि मद्दत गर्छ ।

च्याटजीपीटीमा खास कुरा के छ भने यसमा गुगल वा अन्य इन्जीनहरुमा जस्तो लिंकहरु आउँदैन । जस्तै, यदि हामीलाई नेपालको बारेमा थाहा पाउनुपर्यो भने गुगलमा विभिन्न लिंकहरु जेनेरेट हुन्छ । तर च्याटजीपीटीले वेबसाइटहरूको सूची दिनुको सट्टा एउटा यान्त्रिक प्रणालीले उक्त वेबसाइटभित्रै पुगेर त्यहाँ भएका सामग्रीको सारांश दिन्छ ।

एआई मेसिनले सिक्ने प्रणालीका कारण च्याटबटहरूले त्यसो गर्न सकेका हुन् । एआई प्रविधिले कम्प्युटरलाई आफ्नो पहुँचमा रहेका सूचनाहरूका आधारमा सिक्न, सोच्न र त्यसैअनुरूप काम गर्न सक्षम बनाउँछ । यसले आफ्नो गल्तीबाट “सिक्ने” र अर्को पटक त्यही काम गर्दा त्यसमा परिवर्तन ल्याउने गर्छ । एआई च्याटबटहरू विशेषतः प्रश्नको उत्तर दिन र सूचना खोज्नका लागि तयार गरिएका हुन्।

मानिसको सिर्जनात्मकतामाथि खतरा !

सबै कुराको हल दिने च्याटजीपीटी मानिसहरुको सिर्जनाशिलनताका लागि भने निकै खतरनाक हुनसक्ने अनुमान गरिएको छ । किनभने च्याटजीपीटीको प्रयोगले मानिसको रचनालाई मार्छ । यो यथार्थ हो । जब हामी केहीकुरामा निर्भर हुन्छौँ तब हाम्रो दिमागले नयाँ रचना गर्न सक्दैन । यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा पर्ने देखिन्छ ।

न्युयोर्कका विद्यार्थीहरूले च्याटजीपीटी मार्फत आफ्नो असाइनमेन्टहरू गर्न थालेपछि च्याटजीपीटीलाई न्युयोर्कका शहरहरुमा तुरुन्तै प्रतिबन्ध लगाइएको थियो । च्याटबटबाट नक्कल गर्ने, आफ्नो गृहकार्य र असाइनमेन्ट बाहेकका पनि अन्य धेरै फ्याक्टरहरु छन् जसले शिक्षाको क्षेत्रमा डर पैदा गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?