सिंहदरबारमा प्रधानमन्त्रीसँग उपेन्द्र यादवको भेट

लोकपथ
70
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटघाट भएको छ ।

केहीबेरअघि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालय पुगेका थिए ।

सो क्रममा दुवै पार्टीका तर्फबाट शीर्ष नेताहरुको समेत सहभागिता रहेको छ ।

केहीबेरदेखि शुरु बैठकमा राष्ट्रपति निर्वाचनबारे कुरा हुने स्रोतले जनाएको छ ।

त्यसअघि प्रधानमन्त्रीसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटघाट गरेका थिए ।

राष्ट्रपति निर्वाचनका लागि शनिबारलाई उम्मेदवारी मनोनयनको मिति तोकिएको छ । अहिलेसम्म कुनै पनि दलले राष्ट्रपतिको उम्मेदवार टुंग्याउन सकेका छैनन् । भने राष्ट्रपति निर्वाचनमा कुन दल कता उभिन्छ भन्ने समेत टुंगो नलाग्दा राजनीति तरंगित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?