चिकित्सा शिक्षा विधेयक : संसदको शिक्षा स्वास्थ्य उपसमितिले मूल समितिलाई प्रतिवेदन बुझाउँने

काठमाडौं । चिकित्सा शिक्षा विधेयकका विवादित विषयमा सहमति जुटाउन गठित संसदको शिक्षा स्वास्थ्य उपसमितिले मूल समितिलाई प्रतिवेदन बुझाउँने भएको छ । 

सोमवार शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितको उपस्थितिमा शिक्षा स्वास्थ्य समितिको बैठकमा सो प्रतिवेदन बुझाउन लागिएको हो । 

डा. गोविन्द केसीसँग सरकारले गरेको सहमति र चिकित्सा शिक्षा विधेयकबारे संसदको शिक्षा स्वास्थ्य उपसमितिलले संशोधन प्रस्तावलाई मुख्य आधार मानेर यो प्रतिवेदन तयार पारिएको हो । 

उपसमितिले तयार पारेको उक्त प्रतिवेदन अनुसार विधेयक तयार भए डा. केसीका मागहरु पूरा हुने सरकारी अधिकारीहरुले आकलन गरेका छन् ।

त्यस्तै बुधवारबाट संसदको हिउँदे अधिवेशन शुरु हुँदैछ । यो अधिवेशन शुरु हुनुअगावै चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गर्ने तयारी समितिको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?