काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ ।
कारोबार अवधिमा नेप्से परिसूचक ५७ दशमलव ७४ प्रतिशतले गिरावट आएको हो ।
नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ बिन्दुमा झरेको नेप्सेले जनाएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११.९५ अंकले, फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.९२ अंकले घटेको छ ।
बिहीबार कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता सेयर २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा नेप्से घटेपनि कारोबार रकम भने बढेको छ ।
बिहीबार नेप्सेका १३ उपसमूहमध्ये लघुवित्त कम्पनीहरूको सेयरमूल्य उच्च दरले घटेको छ। लघुवित्त उपसमूहको परिसूचक ९.५४ प्रतिशत घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया