ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

लोकपथ
14
Shares
sf7df8f}F, !@ kmfu’gM /fhlif{ hgs ljZjljBfnosf] 5}7f}F ;efdf k|d bfxfn k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú afn’jf6f/df cfof]lht /fhlif{ hgs ljZjljBfnosf] 5}7f}F ;efdf dGtJo JoQm ug'{x’Fb} . tl:a/Mk|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताएका छन् । बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले प्रचण्डले भने, ‘यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र विश्वासको द्योतक हो भन्ने अर्काेतर्फ विगतमा ज्ञान–विज्ञानको क्षेत्रमा समृद्ध भूमिको रूपमा परिचित मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीतिको सम्पुष्टिसमेत हो ।’

सो अवसरमा प्रचण्डले विश्वविद्यालयको जिम्मेवारी कुशलतापूर्वक वहन गर्दै विश्वविद्यालयलाई यस क्षेत्रकै एक उत्कृष्ट उच्च प्राज्ञिक संस्थाको रूपमा विकास गर्न सफलताको शुभकामना व्यक्त गरे । उनले कुनै पनि मुलुकको विकासको प्रमुख आधार भनेकै दक्ष जनशक्तिको उत्पादन र तिनको समुचित उपयोग भएको बताए ।

‘विश्वविद्यालय दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख थलो हो ।’ उनले भने ‘अतः विश्वविद्यालयहरूले मुलुकको आवश्यकताअनुसार स्तरीय दक्ष जनशक्तिको उत्पादन गरेर मुलुकका विभिन्न क्षेत्रमा आवश्यक पर्ने गुणस्तरीय र दक्ष जनशक्तिको खाँचोलाई पूर्ति गर्न सहयोग पु¥याउनुपर्दछ ।’

उनले सरकारको उच्च शिक्षासम्बन्धी नीतिलाई कार्यान्वयन गर्न विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहने प्रतिबद्धता जनाए । उनले विश्वविद्यालयको संख्यात्मक वृद्धिसँगै शिक्षाको गुणस्तर पनि उच्च बनाइराख्ने कार्य चुनौतीपूर्ण रहेको बताए ।

विद्यार्थीहरूलाई कोरा सैद्धान्तिक ज्ञानभन्दा पनि जीवनोपयोगी, रोजगारीमूलक तथा समाज र देशलाई रूपान्तरण गर्न सहयोग पु¥याउने उच्च शिक्षाको प्रवर्द्धनमा यस विश्वविद्यालयले जोड दिनुपर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?