प्रचण्डले अहिले कांग्रेसलाई समर्थन गर्नै हुँदैन

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न नहुने टिप्पणी गरेका छन् ।

बिहीबार बालकोटस्थित निजी निवासमा आयोजित एक कार्यक्रममा सो कुरा बताएका हुन् ।

‘प्रचण्डले अहिले कांग्रेसलाई समर्थन गर्न मिल्दैन । गर्नै हुँदैन हामीसँग सम्झौता पुस १० गते नै गर्नुभएको छ ।’ ओलीले भने ।

त्यस्तै पुस १ गते सरकारले जनयुद्ध दिवसमा दिएको बिदाको सन्दर्भमा पनि ओलीले कटाक्ष गरेका छन् । उनले मान्छे मारेको दिनलाई बिदा दिन नहुने टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?