‘जनयुद्ध दिवस’ लाई राष्ट्रिय दिवस मनाउनु दुःखद : अध्यक्ष ओली

लोकपथ
26
Shares

काठमाडौैं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’ लाई राष्ट्रिय दिवसको रुपमा मनाएकाेप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको हिंसाको मानसिकता र गर्व गर्ने प्रवृत्ति नछुटेको बताए ।

ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएकोसमेत बताए । उनले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि केही मान्छेहरुमा अझैपनि हिंसा हिंसाको धङधङी देखिएको भन्दै पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको बताए ।

ओलीले भने, ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ ।

जुन कुराचाहिँ सही होइन ।’ अध्यक्ष ओलीले नेपाल हिंसाको पक्षमा हुनै नसक्ने बताए । नेपाली जनतामा परस्परमा लडने÷लडाउने कुरा कहिल्यै पनि स्वीकार्य हुन नसक्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?