प्रधानमन्त्री प्रचण्डसँग माधव नेपालको भेट

लोकपथ
91
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ ।

केहीबेरअघि प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष नेपाल सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालय पुगेका हुन् ।

तत्कालिन कांग्रेस माओवादीसहितको गठबन्धन ब्यूताउने तयारी भइरहेका बेला प्रचण्डसँग नेपालको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागि रहेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि उम्मेवारी दिन २ दिन बाँकी रहँदा सहमति जुटाउन सकस परिरहेको छ । आजै साँझ तत्कालिन गठबन्धनको बैठक बस्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?