सूचना र तथ्यांक सुरक्षित बनाउन मन्त्री शर्माको निर्देशन

लोकपथ
21
Shares
/f;;sf] jflif{sf]T;j sfo{qmddf ;~rf/dGqL zdf{ sf7df8f}F, & kmfu’gM ;~rf/ tyf ;”rgf k|ljlwdGqL /]vf zdf{{ /fli6«o ;dfrf/ ;ldlt -/f;;_sf] ^@cf}F jflif{sf]T;j sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/M rGb|snf If]qL÷/f;;

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी तथ्यांक र सूचना सुरक्षित बनाउन नियामक तथा सेवा प्रदायकलाई निर्देशन दिएकी छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्राविधिक पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालमा फाइभ जी को चुनौती र सम्भावना’ विषयक अन्तर्क्रियामा उनले नेपालको डेटा र सूचना राष्ट्रियतासँग जोडिएको भन्दै यसलाई सुरक्षित र मजबुत बनाउनुपर्ने खाँचो औँल्याइन् ।

सञ्चारमन्त्री शर्माले प्रविधिका क्षेत्रमा भएको पछिल्लो विकासलाई नेपालले अवलम्बन गर्नुपर्नेमा जोड दिँदै तर त्यसलाई कसरी गर्ने भन्ने चिन्तन गर्न भने जरुरी भएको उल्लेख गरिन् ।

उनले सूचना प्रविधिले फड्को मारेको वर्तमान परिवेशमा देश र जनतालाई हुने लाभको लेखाजोखा गरेर यो प्रविधि सञ्चालन गरिनुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?