मैले घुस खाएको प्रमाण ल्याए खुलामञ्चमा झुण्डिन तयार छु : राजेन्द्र लिङ्देन

लोकपथ
35
Shares
sf7df8f}F, & k’;M /f;;;Fu s’/f ug'{x’Fb} cWoIf lnªb]g /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G›k|;fb lnªb]g /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu ;d;fdlos ljifodf s’/fsfgL ug{‘x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङ्देनले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।

नेपाल विधुत प्राधिकरणले निजी क्षेत्रसँग विधुत खरिद सम्झौता (पीपीए) गर्दा एक अरब लिएको भन्दै आलोचना भएपछि मन्त्री लिङ्देनले सो कुरा बताएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘केही दिन अघि नेपाल विधुत प्राधिकरणले निजी क्षेत्रसँग विधुत खरिद सम्झौता (पीपीए) गर्दा मैले एक अरब रकम लिएको भनि सुनियोजित ढंगबाट गरिएको दुष्प्रचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

विद्युत खरिद सम्झौता मात्र नभएर आफ्नो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनै पनि निर्णयमा आफूले एक रुपैयाँ पनि हिनामिना नगरेको बताए । साथै आफूमाथि लागेको आरोपमा कसैले सत्य प्रमाण ल्याएमा आफू झुण्डिन तयार रहेको दाबी गरेका छन् ।

‘विधुत खरिद सम्झौतामा मात्र होइन मेरो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनैपनि निर्णयमा मैले एकरूपैयाँ मात्र पनि घुस या कमिसन लिएको कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा गएर झुण्डिन तयार रहेको सबैमा जानकारी गराउन चाहन्छु ।’

साथै आफूले भ्रष्ट्राचार गरेर खानु आमाको रगत खानु सरह रहेको वाक्य पुनः दोहोर्याएका छन् । आफूले उक्त भनाइ भन्नका लागि मात्र नभएर व्यवहारिक रुपमै पालना गर्ने बताउँदै राम्रो प्रयत्न गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?