अखिल क्रान्तिकारी निकट विद्यार्थीद्वारा महिला सहपाठीमाथि हातपात

लोकपथ
1.5k
Shares

काठमाडौं । कीर्तिपुरमका रहेको आयुर्वेद क्याम्पसमा अखिल क्रान्तिकारी निकट एक छात्रले महिला सहपाठीमाथि हातपात गरेपछि स्थिती तवानग्रस्त बनेको छ ।

हालै मात्र सैद्धान्तिक परीक्षा पास गरि इन्टन्र्सिप शुरु गराउन माग गर्दै क्याम्पस प्रमुखसमक्ष पुगेका विद्यार्थीहरू पुगेका थिए । आफ्ना मागहरु राखिरहेकामध्ये एक छात्रालाई अखिल क्रान्तिकारीका सक्रिय सदस्य आदर्श नागवंशीले आफ्नै सहपाठी महिला छात्रा माथी हात उठाएका थिए। सोही क्रममा रोक्न जाँदा अन्य केही विद्यार्थीलाई पनि चोटपटक लागेको छ।

क्याम्पस प्रमुख शिवमंगल प्रसादले नरदेवी आयुर्वेद चिकित्सालयमा हुँदै आईरहेको ईन्टर्नशीप प्रशिक्षण हटाउन खोजेको तर विद्यार्थीहरू भने त्यस कदमको विरोध गर्दै आएका थिए ।

No description available.

प्रहरी प्रशासनले समेत उक्त घटनाको बारेमा जाहेरी लिन नमानेको र क्याम्पस प्रशासन समेत घटना लुकाउन मिलिरहेको विद्यार्थीहरुको आरोप रहेको छ ।

अहिले सोही विषयमा छलफल गर्न दुवै पक्षको बैठक बसिरहेको आयुर्वेद क्याम्पसका उपप्रशासक कुमार केसीले लोकपथलाई जानकारी दिए ।

‘हामी घटनाको विषयमा सबै पक्षसँग छलफल गरिरहेका छौँ ।’ उनले भने ।

No description available.

घटना लगत्तै एमनेस्टी इंटरनेशनल आयुर्वेद नेटवर्कले विज्ञप्ति जारी गर्दै पिडितको सुरक्षाको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?