२१ मङ्सिर २०८०, बिहीवार

घरमा आगलागी हुँदा रु ६७ लाखको क्षति

२०७४,कार्तिक,६,सोमवार ०४:५८

0
Shares

उर्लाबारी, मोरङ, ६ कात्तिक ।मोरङको मिक्लाजुङ गाउँपालिका–५ बस्ने भूपेन्द्र कार्कीको घरमा आइतबार साँझ आगलागी हुँदा रु ६७ लाख बढीको क्षति भएको छ ।साँझ ७ः०० बजेतिर कार्कीको दुईतले घरमा विद्युत् चुहिएर आगलागी भएको थियो । आगलागीबाट उनको घर, भान्सा घर, नगद रु दुई लाख, किराना पसल, होल्डर मिल, सुन, तथा घरभित्र भएको सम्पूर्ण सामान र अन्नपातसमेत जल्दा रु ६७ लाख बढीको क्षति भएको पीडितले बताएका छन् ।आगोलाई मोरङको सुन्दरहरैचा र झापाको दमकबाट आएका दमकल तथा स्थानीयवासीको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए । 

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार ०४:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६