काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।
केहीबेरअघि पार्टी महासचिव वेदुराम भुसाल र वरिष्ठ उपाध्यक्ष घनश्याम भुसाललाई लिएर धुम्बाराहीस्थित देउवानिवास पुगेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेसँगै राजनीतिक माहोल तातेको छ । सचिवालय बैठकमा समेत सोही विषयमा छलफल भएको थियो । ओलीले राष्ट्रपतिसहित पार्टी एकताको प्रस्ताव गरे पनि आफूलाई त्यसमा विश्वास नलागेको उनले बताएका थिए ।
भेटघाटमा राष्ट्रपति निर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।
आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सो क्रममा राजनीतिक दलहरु छलफलमा जुटेका छन् । कुनै पनि हालतमा एमालेको राष्ट्रपति स्वीकार गर्न नसक्ने माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडानपछि एमाले ओलीले अन्य विकल्पमा समेत छलफल थालेका छन् ।
यता कांग्रेस माओवादीको समर्थनमा राष्ट्रपति बनाउँदै पूरानै गठबन्धन ब्यूताउने पक्षमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया