पारदर्शी भएर प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री जमकट्टेल

लोकपथ
7
Shares
d’VodGqL hDs§]n x]6f}F8f, ( kmfu’gM afudtL k|b]zsf d’VodGqL zflns/fd hDs§]n dªunaf/ ??? ??????? ????????? k|lti7fg ??????? ????????? ????????? ??? ??????? ?????????nfO{ ??????? ?????????? ? ??????? ?????? ????/????

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले जनउत्तरदायी र पारदर्शीतामा आधारित भएर काम गर्दै जनतालाई सूचनाको हकको पहुँच बढाउने बताएका छन् ।

राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘प्रदेशस्तरीय खुला शासन राष्ट्रिय विचार गोष्ठी’ मा उनले राजनीतिक अवस्थाले शासन प्रणालीको निक्क्र्यौल गर्ने बताए । उनले सरकारले आफ्नो कार्यशैली परिवर्तन गर्ने अवस्था रहेको जनाए ।

सरकारले जुन समुदायका लागि काम गर्न लागेको छ उक्त समुदायको सहभागितामा काम गर्नुपर्ने उनको भनाइ छ ।
सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सुशासन र पारदर्शीतामा काम गरिरहेको जनाउँदै जनताले सरकारको निगरानी राख्न पनि सूचनाको हक आवश्यक रहेको बताए ।

व्यवस्था नै परिवर्तन भइसक्दा पनि प्रदेशमा सूचनाका लागि पुरानो प्रणाली प्रयोग गर्नु परेको उल्लेख गर्दै आयुक्त मैनालीले अब भने नयाँ कानुन निर्माण गर्न सरकारसमक्ष मागसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?