पूर्वप्रधानमन्त्री नेपालसँग चिनियाँ राजदूतको भेट

लोकपथ
35
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटघाट गरेका छन् ।

बुधबार दिउँसो नेपाल निवास कोटेश्वरमा पुगेर सङले भेटघाट गरेका हुन् ।

भेटघाटका क्रममा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको नेपालको सचिवालयले जनाएको छ ।

त्यसको साथै नेपालले सङलाई कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भने सङले नेपाल आउन पाउँदा खुसी लागेको बताएका थिए ।

त्यस्तै उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?