एकीकृत समाजवादीले राष्ट्रपति चयनका लागि सबै दलसँग छलफल गर्ने

लोकपथ
104
Shares
sf7df8fF}, !) df3 M PsLs[t ;dfhjfbL ;lrjfn a}7saf/] hfgsf/L g]skf -PsLs[t ;dfhjfbL_ sf k|rf/ ljefu k|d’v huGgfy vltj8f ;lrjfn a}7sn] u/]sf] lg0fo{af/] a’waf/ kf6L{ s]G›Lo sfof{no cfnf]sgu/df hfgsf/L lbFb} . tl:a/M xl//fd e]6’jfn÷ /f;;

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपति चयनका सन्दर्भमा सर्वसम्मत सहमतिका लागि संसदमा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनका लागि पछिल्लो पटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका साथै समसामयिकलगायत विषयमा छलफल गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

जनताको लामो संघर्षबाट प्राप्त भएको राजनीतिक उपलब्धि विरुद्ध भइरहेका गतिविधिप्रति छलफल गरिएको बैठकमा अग्रगमन पक्षधरलाई एकताबद्ध गरी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

बैठकमा वाम एकताका प्रयास, संगठन सुदृढिकरणका प्रतिवेदन, प्रशिक्षक प्रशिक्षणको अवस्था, प्रदेशका बैठकबाट आएका सुझावबारे पनि जानकारी गराइएको थियो । क्रमिक रुपमा दुबै पार्टीका दोस्रो पुस्ताका नेताबीच भइरहेका वार्ताको सारसंक्षेप बैठकमा प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?