कैलाली । ‘नागरिक बचाऔँ महाअभियान’ का नाममा पूर्वराजा समेतलाई जोडेर देश दौडाहामा रहेका व्यवसायी दुर्गा प्रसाईँले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई कारबाही गरिनुपर्ने बताएका छन् ।
कैलालीको धनगढीमा बुधबार गरिएको एक कार्यक्रममा प्रसाईंले आफूलाई ओलीले प्रचण्ड र माधव नेपालविरुद्ध प्रयोग गरेको आरोप पनि लगाए ।
एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईंले पूर्वराजालाई साथ लिएर राजसंस्था फर्काउने अभियान थालेको भन्दै पार्टीमा विरोध भएपछि उनले केही दिनअघि मात्र एमाले त्यागेको घोषणा गरेका थिए ।
आफूले पूर्वराजाबाट अभियान सुरू गर्दा एमालेले कारबाही सिफारिस गरेको भन्दै उनले राजावादी पार्टी राप्रपासँग सहकार्य यरेर राजेन्द्र लिङदेनलाई मत दिन लगाउने ओलीमाथि चाहिँ किन कारबाही गरिएन भन्ने प्रश्न गरे ।
कार्यक्रममा प्रसाईंले भने, ‘मेचीनगरमा मैले पानसमा बत्ती बालेको थिएँ, बन्दुक पड्काएको थिइनँ । हजुरबा (ओली) ले पार्टीबाटै निर्णय गराएर राजा बोक्ने पार्टी राप्रपा राजेन्द्र लिङदेनलाई भोट हाल्न लगाउनुभयो । उहाँलाई कारबाही हुनुपर्ने कि मलाई कारबाही हुनुपर्ने ?’
केपी ओलीलाई तपाईँको केन्द्रीय सदस्य तपाईँ नै राख्नुस् भनेर पार्टीबाट निस्किएको पनि उनले बताए ।
ओलीले माधव नेपाल र प्रचण्डमाथि खनिन लगाएको आरोप लगाउँदै उनले भने, ‘हिजो प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गर्दैगर्दा पछाडिको भागमा बसेर लुकेर हेर्नुहुन्थ्यो मेरा हजुरबुबाहरू ।’ प्रािईंले थपे, ‘देशमा गणतन्त्र ल्याउने प्रचण्ड र गिरिजा हुन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया