काठमाडौं । आसन्न राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनका लागि जम्मा ८८१ जना मतदाता रहेका छन् ।
संघीय संसद र प्रदेश सभा गरी ८८१ सदस्यको मताधिकार रहने भए पनि तीन सदस्य रिक्त रहँदा ८८१ जनाले मात्र मत दिन पाउने भएका हुन् ।
प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरु मतदाता रहने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभाका तीन जना सांसदले भने मत दिन नपाउने भएका छन् । निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरले राष्ट्रपति निर्वाचनका लागि बुधबार नामावली सार्वजनिक गरेको हो ।
आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया