काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ ।
मुम्बइको नेशनल वर्न सेन्टरमा उपचाररत उनको स्वास्थ्यमा थप सुधार देखिएको उनीसँगै अस्पतालमा रहेका योगराज कँडेलले जानकारी गराएका छन् ।
उनले दिएको जानकारी अनुसार बुधबारबाट उनलाई मुखबाटै खाना खुवाइएको छ । त्यसका साथै प्रेसर मास्क अक्सिजन ५ लिटरमा झारिएको र भोलिसम्म रहने छ भने अहिले स्वास्थ्यका सबै पारामिटरहरु सामान्य रहेको कँडेलले जानकारी दिए ।
अब कम्तिमा २१ दिनसम्म ग्रराफ्टिगको ब्याण्डेजमा रहने र इन्फेक्सन हुने सम्भावना रहेकाले त्यसपश्चात मात्र अन्य सर्वसाधारणमा भेटघाट गर्न दिइने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया