लघुवित्त पीडितहरुको समस्या समाधान गर्न गगन थापाको माग

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले लघुवित्तको कारण सर्वसाधारणले पाइरहेको हैरानीप्रति सरकारको ध्यानाकर्षण गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै लघुवित्तको सुपरिवेक्षण गरेर वास्तविक पीडितहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

समस्यामा परेका ग्राहकहरुका लागि वित्तीय संस्थाहरुले विभिन्न फण्डहरु चलाएर समाधान गर्नुपर्ने सुझाव दिएका छन् । त्यसको साथै एउटा ऋणीले एउटा मात्र वित्तीय संस्थाबाट मात्रै ऋण लिन पाउने प्रावधान बनाउने निदेशिका बनाउने उनले बताए ।

‘साच्चिकै मर्कामा परेकाहरुलाई राहतका निम्ति चाहे त्यो सिएसआर फन्ड होस् चाहे त्यो क्लाइन्ट लगायतका फण्डहरु वित्तीय संस्थाले चलाउने ।’ उनले भने, ‘बद्नियतका साथ काम गर्ने लघुवित्तहरुलाई कारबाही गर्ने । एउटा ऋणीले एउटा संस्थाबाट मात्र ऋण लिन पाउने व्यवस्था थपेर राष्ट्र बैंकको निर्देशीका थपेर प्रभावकारी कार्यान्वयन गराउने काम गर्नुपर्यो ।’

अनुचित नाफा कमाउनका लागि लघुवित्तले जुनसुकै कामहरु गरिरहेको र तत्कालको गर्जो टार्नका लागि जहाँबाट पनि ऋण लिने सर्वसाधारणबीचको तादाम्यता राष्ट्र बैंकले मिलाउनुपर्ने उनको माग रहेको छ ।

‘अनुचित नाफा कमाउनका लागि जे पनि गर्ने लघुवित्त संस्था । तत्कालको गर्जो टार्नका लागि जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहकहरु । अनि अनुमति दिँदै गर्दा हात फैलाउने तर सुपरिवेक्षण गर्दा मुठ्ठि कस्ने राष्ट्र बैंक । यही कारणले लघुवित्तको संकट देखिएको हो ।’ उनले भने ।

साथै वित्तीय साक्षरतालाई तल्लो तहसम्म लैजानका लागि आग्रह गरेका छन् ।

केहीदिन देखि तराइका विभिन्न जिल्लामा लघुवित्तले ऋणीलाई दुख दिएको भन्दै त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?