‘समयमै सडक नबन्दा घोराही तुलसीपुरमा २२ जनाले ज्यान गुमाउनुपर्यो’

लोकपथ
14
Shares

काठमाडौं । दाङ क्षेत्र नम्बर ३ का सांसद दीपक गिरीले समयमै सडक नबन्दा सर्वसाधारणले ज्यान गुमाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद गिरीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने लमही घोराही तुलसीपुर सडक समयमै नबन्दा २२ जनाले ज्यान गुमाएको बताए ।

उक्त सडक ३० महिनामा सकिने भनिएको चार वर्ष हुँदासमेत पूरा नभएको भन्दै सडक विभाग र सरकारले जवाफ दिनुपर्ने माग समेत गरेका छन् ।

‘त्यो बाटो नबन्दा चार वर्षको दौरानमा त्यो बाटोबाट हिड्नेहरुमध्ये २२ जनाको मृत्यु भयो । वर्षामा हिलाम्मे हिउँदामा धुलाम्मे हुन्छ । यसबारे सरकार किन मौन ?यसको जवाफ कसले दिने हो ? सडक विभाग हो कि को हो ? वास्तविक कुरा आउनुपर्यो ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?