राष्ट्रपतिमा समर्थन माग्न पुगेका ठाकुरलाई देउवाको यस्तो जवाफ

लोकपथ
78
Shares

काठमाडौं । महन्थ ठाकुरलाई भावी राष्ट्रपति बनाउनुपर्ने माग लिएर पुगेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेताहरूलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकारात्मक जवाफ दिएको दाबी भेटपछि नेताहरुले गरेका छन् ।

देउवा निवासबाट बाहिरिने क्रममा लोसपा नेता शरदसिंह भण्डारीले कांग्रेसबाट सकारात्मक जवाफ पाएको प्रतिक्रिया दिएका हुन् । देउवाको भनाइ उद्धृत गर्दै नेता भण्डारीले पत्रकारहरुसँग भने, ‘महन्थजी सहमतिका लागि उपयुक्त पात्र हो ।

हामी पार्टीभित्र पनि छलफल गर्छौं । कांग्रेसले आधिकारिकरूपमा आफ्नो उम्मेदवार अघि सारेको छैन । तपाईं/हामी एलायन्समा छौं । सहमतिको परस्थिति बन्यो भने उहाँ पनि उपयुक्त हो ।’

राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाउनुपर्नेमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसलगायतका दलका नेताहरु रहेकाले त्यसका लागि उपयुक्त पात्र ठाकुर नै भएकाले दलहरुसँग समर्थनका लागि आग्रह गरिएको भण्डारीले उल्लेख गरे । भेटमा कांग्रेसबाट देउवासँगै उपसभापति पूर्णबहादुर खड्का पनि थिए ।

अहिले बाहिर आइरहेको नाममध्ये ठाकुर नै उपयुक्त पात्र रहेको भन्दै भण्डारीले भने, ‘शलिन भद्र व्यक्तित्व सबैले विश्वास गरेको र डेलिगेटेड मान्छे हुनुप¥यो । निषेधको राजनीतिले गर्दा पोल्टिकल क्राइसिस नआवस् ।’

हिजोमात्र प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेर आफ्ना धारणा राखेका लोसपा नेताहरुले एमाले अध्यक्ष ओलीलाई पनि भेट गरेर समर्थन मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?