राष्ट्रपतिबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

लोकपथ
13
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी) पार्टीले सचिवालय बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो १ बजे बस्ने उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे अहिलेसम्म गरेका भेटवार्ता र राजनीतिक परिस्थितिबारे अध्यक्ष नेपालले ब्रिफिङ गर्ने कार्यसूची छ ।

नेकपा (एमाले) ले अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको छ । तर, अध्यक्ष नेपालले भने आफूले त्यसबारे सोच्न नसकेको प्रतिक्रिया दिँदै आएका छन् । राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ । फागुन २५ गते निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?