ललितपुर । खानेपानीमन्त्री बीना मगरले नेपाली महिलाद्वारा उत्पादित कपडा प्रवद्र्धन गर्न आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
नेपाल उद्यमशील महिला महासङ्घले आइतबार आयोजना गरेको ‘राष्ट्रिय उद्यमशील महिला मेला, २०७५’ को समापन गर्दै उनले सरकारमा रहेका महिलामन्त्रीले महिला उद्यमीद्वारा उत्पादित कपडा लगाएर प्रवद्र्धन गर्ने उद्देश्य राखेको बताइन् ।
उनले महिला उद्यमीका उत्पादन आधुनिक बनाउँदै जानुपर्नेमा समेत जोड दिइन् । मन्त्री मगरले भनिन्, ‘महिला उद्यमी उत्पादन गर्दै जानुहोस् बजारीकरणको काम गर्न हामी तयार छौँ ।’
महासङ्घका अध्यक्ष देवीका बुढाथोकीले देशभरमा महिला उद्यमीको सङ्ख्या बढिरहेको बताइन् । स्थानीय तहसँग सहकार्य गरेर महिला उद्यमीले थप दक्ष बन्न सक्छन् । उनले भनिन्, ‘स्थानीय तहले महिला उद्यमी लक्षित कार्यक्रम गर्नुपर्छ ।’
चार दिन अघि शुरु भएको मेला आइतबार सकिएको हो । मेलामा २० हजारले यहाँ भएका स्टल अवलोकन गरेको र २५ लाखको कारोवार भएको महासङ्घले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया